Media Network

अर्घाखाँचीमा ८४ वर्ष पुगेका वृद्धवृद्धालाई २५ हजार रुपैयाँ दिने


खबरस्टोरी संवाददाता

१५ जेष्ठ २०७९,आईतवार

काठमाडौँ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले नगरभित्रका ८४ वर्ष उमेर पुगेका नागरिकलाई २५ हजार रुपैयाँ दिने भएको छ । 

नगरभित्र रहेका ८४ वर्ष उमेर पुगेका नागरिकको सम्मान स्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराउने शीतगङ्गा नगरपालिकाको प्रथम कार्यपालिकाको बैठकले निर्णय गरिएको मेयर छविलाल पौडेलले बताए । उनले वृद्ध अवस्थामा हेरचाह गर्ने घरपरिवारको लागि पनि सहज होस् भनेर रकम उपलब्ध गराउने निर्णय गरिएको बताएका छन्। 

प्रथम कार्यपालिकाको बैठकले नगरपालिका भित्र प्रयोग गर्ने गरी २ वटा एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ । सुत्केरी तथा गर्भवती महिला र विपन्न वर्गका मानिसलाई निस्शुल्क एम्बुलेन्स सञ्चालन हुनेछन् ।

जिविस छदाकै करिब ५ करोड रुपैयाँ बेरुजु नगरमा देखिएको बताउँदै अहिले बेरुजु कम गराउन सबै कर्मचारी तथा जनप्रतिनिधिहरु समेत सजक रहेको बताए। सधैँ आन्तरिक आम्दानीको ५ वर्षको अवस्था सार्वजनिक गर्दै खनालले आम्दानीका अन्यबाटो खोजेर नगरको आन्तरिक आम्दानी बढाउने बताए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद