Media Network

भोलि देशभरिका नासु कार्यालयमा हाजिर नहुने


खबरस्टोरी संवाददाता

२३ श्रावण २०७९,सोमबार

काठमाडौँ । आ.व. २०७९/८० को बजेट विपरित असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै नायब सुब्बा भन्दा तल्लो तहका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । 

नासु भन्दा माथिल्लो तहका कर्मचारीहरुको तलव बढे पनि त्यो भन्दा तल्लो तहका कर्मचारीहरुको तलब नबढेको भन्दै देशै भरका नासु र सो भन्दा तल्लो तहका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । आन्दोलनको क्रममा नायब सुब्बा कर्मचारीहरुले भोलि (मंगलबार) बिदामा बस्ने (कार्यालयमा उपस्थित) नहुने घोषणा गरेका छन् । 

भोली देशैभरीका नासुहरुले विदामा बस्ने निर्णय गरेको निजामति कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताएका छन् । आज सिंहदरबारमा पेन डाउन गरेर सुचना तथा सञ्चार मन्त्रालयमा बसेको नासु कर्मचारीहरुको भेलाले भोली देशैभरीका नासुहरु बिदामा बस्ने र मुख्य सचिव, अर्थमन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका सचिवहरुलाई आफ्नो मागको विषयमा एसएमएस गर्ने निर्णय भएको हो उनले बताएका छन् । आन्दोलनका थप कार्यक्रमहरु भोली सार्वजनिक गर्ने उनको भनाई रहेको छ । 

नासुहरुले बजेटमा घोषणा भए अनुसार तलब वृद्धि हुनुपर्ने, नायब सुब्बाको बढुवामा ३० प्रतिशत ज्येष्ठता, १० प्रतिशत आन्तरिक र १० प्रतिशत अन्तरसेवाको मूल्याङ्कन अंकभार राखिनुपर्ने लगाएतका माग राखेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद