Media Network

भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनको ११ बर्षमा ५८ प्रतिशत काम सम्पन्न , सम्पन्न हुन थप दुई बर्ष लाग्ने


अञ्जन बस्नेत

२५ माघ २०७९,बुधबार

काठमाडौँ।  नेपालको महत्वपूर्ण र राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भेरी बबई डाईभर्सन आयोजनाको सम्पन गर्नुपर्ने समयसिमा ६ महिना बाँकी रहदा आयोजनाको ५८.५ प्रतिशत मात्र काम पूरा भएको छ।

आर्थिक वर्ष ०७९/८० को दोस्रो त्रैमासिक सम्ममा आयोजनाको कूल ५८.५ प्रतिशत भौतिक प्रगति भइको छ भने ४२.८२ प्रतिशत वित्तीय प्रगति भएको छ । बार्षिक लक्ष्यको तुलनामा पौष मसान्तसम्ममा भेरी बबई डाईभर्सन आयोजनाको२०.५ प्रतिशत भौतिक प्रगती भएको छ भने १४.२३ प्रतिशत वित्तीय प्रगती भएको छ ।

भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजना सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिकाको चिप्लेस्थित भेरी नदीको पानीलाई बबई नदीमा पथान्तरण गरी बबइ नदीको सिँचित क्षेत्रलाई वर्षैभरी सिचाइ सुविधा उपलब्ध गराउनुको साथै जलविद्युत उत्पादन गर्ने मुख्य लक्ष्य राखी पहिलो बहुउद्देश्यीय आयोजना हो। “भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना” को रुपमा आयोजना मिति २०६८/०५/०७ मा स्थापना भएको थियो। आयोजना निर्माण कार्य आ.व. २०७१/०७२ बाट शुरु गरिएको थियो र संशोधित समयतालिका अनुसार आ.व. २०७९/०८० मा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

ओयजना यस आ.वमा पनि सम्पन्न नहुने भएको छ । बबई डाईभर्सन आयोजनाकोे सुचना अधिकृत लोखनाथ सुवेदीले आ.व २०७९/८० मा  बबई डाईभर्सन आयोजनाा सम्पन्न नहुने बताएका छन् । उनले अझै थप दुई बर्ष समय थप गराउनु पर्ने अवसथा रहेको बताएका छन् । गत श्रावणमा मात्र इलेक्ट्रोमेकानिकल सम्बन्धी कार्यको तीन बर्षे ठेक्का प्रकृया भएको र यसको समयावधिभित्र आयोजना सम्पन्न हुने बताएका छन्।

आयोजनाको कार्यहरु एक आपसमा अन्तरसम्बन्ध रहेको र इलेक्ट्रोमेकानिकल सम्बन्धी कार्य गर्दै अन्य सिविलको कार्यहरुपनि अगाडि बढ्दै जाने हुँदा ठेक्का प्रकृया ढिलो हुँदा केहि समय पछि धकेल्लिएको बताएका छन्।

उनले लक्ष्य अुनरुपको कार्य प्रगती हुन नसकेको बताएका छन् । उनले निमार्ण व्यवसायीहरुको कमजोर व्यवस्थापनको कारण लक्ष्यप्राप्ति नभएको भन्दै व्यवसायीहरुको स्रोत साधन सदुपयोगमा कमि भएको बताएका छन्। दक्ष जनशत्तिको अभाले पनि लक्ष्यप्राप्ति नभएको उनले बताएका छन् । 

जग्गा प्राप्ति सम्बन्धी कार्यमा केही ऐलानी जग्गाको जग्गा धनि प्रमाण पुर्जा वितरणको कार्य समेत प्रारम्भ भैसकेको भन्ने नापी तथा मालपोत कार्यलयबाट मौखिक जानकारी मात्र भाएर ऐलानी जग्गाप्राप्ति कार्यमा ढिलाई भएको उनको भनाई छ ।

त्यस्तै भेरी करिडोर सिँचाइ आयोजना अन्तरगतको योजनाहरुमा मौषमले प्रतिकुल असर पारेको बताउछन्।अप्रत्यासित बर्ष एवम् नदीमा बाहव बढ्नुको साथै ठाँउठाँउमा पहिरोले अवरोध हुँदा लक्ष्य प्रापति नभएको बताएका छन्। 

आयोजना सम्पन्न भएपछि बबई नदीमा उपलब्ध हुने थप पानीबाट बबई हेडबर्क्स उपयोग गर्दै बर्दिया र बाँके जिल्लाका करीब ५१,००० हेक्टर भूमिमा बाह्रै महिना सिंचाई सुविधा उपलब्ध रहेको छ ।

आयोजना अवधिः शुरु अवधि आ.व. २०७१÷७२ देखि २०७५/७६ सम्म रहेकोमा संशोधित कार्यतालिका अनुसार आ.व.२०७९/८० सम्ममा सम्पन्न गर्ने उद्देश्य राखेको छ।

आ.व. २०७८/७९ सम्मको प्रगति यस आयोजनाअन्तर्गत नेपालमा नै पहिलो पटक टी.एम.बी. मेशिनको सफल प्रयोग गरी १२.२० कि. मि. टनेल निर्माण कार्य सम्पन्न भएको र मिति २०७८/१२/२४ मा यस आयोजनाबाट प्रर्फमेन्स सर्टिफिकेट समेत जारी गरेको थियो। बबई मान खोला डाईभर्सनसम्बन्धी कार्यको विस्तृत अध्ययनका लागि खरिद प्रकृया प्रारम्भ भई हाल अन्तिम चरणमा पुराएको थिायो।

सामाजिक विकास तथा वातावरणीय सुधार कार्यक्रम अन्तर्गत विभिन्न प्रभावित क्षेत्रमा भएका मागहरू तथा आवश्यकता अनुसार सिँचाइ, खानेपानी, तटबन्ध, स्वास्थ्य, सुरक्षा एवं शिक्षा लगायतका क्षेत्रहरूमा कार्य गरेको थियो।

आयोजनाको जग्गा प्राप्ति सम्बन्धमा मुआब्जा निर्धारण समितिबाट दररेट र्निधारण भई रैकर जग्गाको हकमा १०.१९ हेक्टर मध्ये ८.११४ हे. जग्गाको मुआब्जा वितरण गरेको थियो। भेरी कोरिडोर सिंचाई विकास आयोजना अन्तर्गत हालसम्म सतह सिँचाइमार्फत् सिँचित क्षेत्र पुनस्र्थापना भएको ४९५० हे. र नयाँ प्रविधि (लिफ्ट सिँचाइ) मार्फत् सिँचित क्षेत्र बढेको १४५० हे. गरी करीब जम्मा ६४०० हे. जमिनमा सिँचाइ सुविधा पुगेको तथा हालसम्म १७ कि. मि. नदी व्यवस्थापन कार्य भई करीब ७० हे. जमिन उकास गरेको थियो।

आयोजनाको लागत अनुमानः रू. १६ अर्ब ४३ करोड, संशोधित अनुमान बाँध तथा पावरहाउस, हाईड्रोमेकानिकल तथा ईलेक्ट्रोमेकानिकल सम्बन्धी कार्यलगायतका थप कार्यहरूको खर्च समाबेश समेत रू. ३६ अर्ब ८० करोड ७७ लाख रहेको।

आयोजनाको कार्ययोजना र प्रगति विवराण(पौष मसान्तसम्मको)

cfof]hgfsf] sfo{of]hgf / k|ult ljj/f0f-kf}if d;fGt;Ddsf]_

qm+=;+=

lqmofknfk

;do ;Ldf

ck]lIft pknlAw

k|ult ljj/0f

!

8jS;{sf] l;len lgdf{0f sfo{

@)*) cfiff9 d;fGt

@$

#

@

kfj/xfp;sf] l;len lgdf{0f sfo{


#@

@=%

#

xfO8«f]d]sflgsn ;DaGwL sfo{


@$

#

$

On]S6«f]d]sflgsn ;DaGwL sfo{


@)Ü

$

%

ljB't k|;f/0f nfO{g;DaGwL cWoog sfo{

 

!))Ü

%) Ü

^

P]nfgL hUuf k|fKtL;DaGwL sfo{

@)*) cfiff9 d;fGt

!# x]S6/

)

&

e]/L sf]l/8f]/ ;FrfO ljsf; cfof]hgf cGtu{tsf l;FrfO tyf gbL Joj:yfkg of]hgfx¿sf] vl/b sfo

@)*) kmfNu'g d;fGt

$# j6f

(

*

e]/L sf]l/8f]/ l;FrfO ljsf; cfof]hgf cGtu{tsf lnˆ6 l;FrfO of]hgfx¿ lgdf{0f sfo{

@)*) cfiff9 d;fGt

*% k|=c


(

e]/L sf]l/8f]/ l;FrfO ljsf; cfof]hgf cGtu{tsf l;FrfO of]hgfx¿sf] k'g:yf{kgf sfo

@)*) cfiff9 d;fGt

&) 

!%

!)

e]/L sf]l/8f]/ l;FrfO ljsf; cfof]hgf cGtu{tsf gbL Joj:yfkg Pj+ hUuf psf; sfo{

@)*) cfiff9 d;fGt

! ls= ld= Pj+ % x]S6/

! x]S6/

!!

aaO{ dfg vf]nf 8fOe;{g cfof]hgfsf] lj:t[t cWoog sfo{

@)*) cfiff9 d;fGt

!))Ü

 

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद