Media Network

बर्खास्त भएका नेपाल एअरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारी कार्यालय हाजिर


खबरस्टोरी संवाददाता

२२ श्रावण २०७९,आईतवार

काठमाडौँ । सरकारले शुक्रबार बर्खास्त गरेका नेपाल एअरलाइन्सका कार्यकारी अध्यक्ष युवराज ज्ञवाली आइतबार कार्यालयमा हाजिर भएका छन् । 

उनलाई शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले बर्खास्त गरेको थियो । उनलाई बर्खास्त गरेको भोलिपल्ट शनिबार परेको कारण उनले बर्खातीको चिठ्ठी नपाएको भन्दै आइतबार कार्यालयमा हाजिर भएको निगम स्रोतले जनाएको छ । 

उनलाई गत जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । त्यसपछि अधिकारीलाई  निलम्बनमा परेका थिए ।  

उनी निलम्बनमा परेपछि सरकारले निगमकै पाइलट दिपु जुहारचनलाई अस्थायी महाप्रबन्धक नियुक्त गरेको थियो । निलम्बनमा परेका अधिकारी सर्बोच्च अदालतको अन्तरिम आदेश लिएर काममा फर्किएका थिए ।  

सरकारले समिति गठन गरी उनिमाथि विभिन्न अभियोगमा छानबिन सुरु गरेको थियो त्यसपछि कार्यकारी अध्यक्ष अधिकारीलाई शुक्रबार सरकारले बखास्त गरेको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद