Media Network

कस्तो रह्यो नेम्वाङको पाँच दशक लामो राजनैतिक यात्रा.....


खबरस्टोरी संवाददाता

२६ भाद्र २०८०,मंगलवार

काठमाडौैं । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभा सदस्य सुवास नेम्वाङको निधन भएको छ । उनको गएराति हृदयघातबाट निधन भएको हो ।

उनको जन्म इलाम जिल्लाको इलाम नगरपालिका ७ सुन्तलाबारीमा विस २००९ फागुन २८ गते भएको थियो । उनले विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति सुुरू गरेका थिए । उनी २०२८/२०२९ सालमा अनेरास्ववियुका तर्फबाट इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित

उनी एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै २०७५ बाट नेकपा स्थायी कमिटी सदस्य बनेका थिए । त्यसैगरि २०४८ देखि हालसम्म लगातार सांसद रहेका थिए । बिए र बिएल गरेका नेम्वाङ राजनीतिज्ञ मात्रै नभइ प्राध्यापक, कानून व्यवसायीसमेत थिए । उनी नेपाल बार एसोसिएसनको महासचिव पनि भएका थिए ।

२०६२/०६३ को जनआन्दोलनपछि उनी सक्रिय कानुन व्यवसाय छाडेर राजनीतिमा लागेका थिए।

उनी विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बनेका उनी त्यस लगत्तै पुन राष्ट्रियसभा सदस्य भएका थिए । यस्तै, विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री भएका उनी सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्रीसमेत भए ।

नेम्वाङ प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २, संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए ।

नेम्वाङ विसं २०६३ मा पुनस् स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५/२०७० सालमा संविधानसभा अध्यक्ष र २०७२ सालमा सभामुख भएका थिए।

यस्तै २०७९ सालको निर्वाचनबाट पनि उनी इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गरेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद