Media Network

कविले रुवाए, चैतन्यले प्लेटोलाई सम्झिए


खबरस्टोरी संवाददाता

१४ जेष्ठ २०७९,शनिबार

भनिन्छ, जहाँ पुग्दैन रवि, त्याहाँ पुग्दछन् कवि । साँच्चिकै त्यहीको मर्म र भावनालाई निख्खार दिँदै अझ बढी रस प्रदान गर्दछन्, कविहरु । 

कतिपय यस्ता शोक काब्यहरु छन्, जसले मान्छेलाई निकै भावुक बनाउँछ । यसै सन्दर्भमा कवि रविकिरण निर्जिवले २१ वर्षअघि मृत्यु भएका पत्रकार एवम् साहित्यकार कृष्ण सेन इच्छुकको स्मरणमा कविता वाचन गरे, सेन परिवारलाई भावुक बनायो । सेनकी जीवनसंगिनी तक्मा केसी र छोरी समिक्षा भक्कानिएर रोए ।

कवि निर्जीव स्वयम् कविता वाचन गर्दै गर्दा सुँक्साकाए, तक्माको आँखा रसाए, छोरी समिक्षा भक्कानिएर रोइन् । जसले कार्यक्रमस्थललाई नै भावसून्य बनायो । यस्तो, यदाकदा हुने गर्छ । यो कविको सफलता पनि हो । 

चैतन्यले प्लेटोलाई सम्झिए

श्रष्टाले भावविव्हल बनाएपछि राजनीतिज्ञ तथा सौन्दर्यचिन्तक चैतन्यले प्लोटोलाई सम्झिए । तर प्लेटको आदर्श राज्यको सिद्धान्तलाई चैतन्यले भावना अथवा आवेगलाई विवेकमा रुपान्तरण गर्नुपर्ने अरस्तुको सिद्धान्तलाई ब्याख्या गरे ।  

‘प्लेटोले यी कविहरुलाई एकदमसँगले लघार्नुपर्छ भनेका छन्,’ चैतन्यले भने, ‘भावुक कविता लेखेर मान्छेलाई रुवाउने काम गर्ने भएकाले कविलाई लघानुपर्ने पर्ने भनेका हुन् । आदर्श राज्यमा यो काम लाग्दैन । प्लेटोको यो एउटा मुल थेसिस हो ।’ यो कुरा आफूलाई मात्र नभई सौन्दर्यचिन्तक तथा समालाेचक  साथीहरुलाई पनि थाहा भएको सौन्दर्यचिन्तक चैतन्यले स्पष्ट गरे ।  

प्लेटोको शिष्य अरस्तुले यो कुरालाई अस्वीकार गरे । यस्तो हुँदैन, आवेगमा शक्ति हुन्छ । आवेगलाई विवेकमा रुपान्तरण गर्नुपर्छ । अरस्तुले आवेगलाई विवेकमा रुपान्तरण गर्नुपर्छ भनेर सिद्धान्त नै बनाए । यो सिद्धान्तलाई अंग्रेजीमा सायद ‘केशरशिस थ्याउरी’ भनिन्छ ।– उनले भने ।  

‘एकदम बाढी आउँछ, बाढीले त बस्तीहरु बगाएर लैजान्छ । तर बाँध बाध्यो भने विजुली निस्कन्छ, कुलो बन्छ । भावना पनि त्यही हो । छताछुल्ल भएर विग्रियो भने भावनाले पनि भत्काउँछ । ठीक ठाउँमा आयो भने ठीक काम गर्छ । शोकलाई शक्तिमा बदल्नुपर्ने हुन्छ । भावना उर्जा हो । ऊर्जा नहुने हो भने मान्छे सिद्धिन्छ, भावना सिद्धिन्छ । ऊर्जालाई ठीक ठाउँमा लगाउनुपर्छ भन्ने सौन्दर्य शास्त्रको पनि ब्याख्या हो ।’–चैतन्यले भनेका छन् ।   

मिठो भाषामा अन्तरविरोध, नमिठो भाषामा झगडा 

चैतन्यले इच्छुक जनयुद्धकालमा पार्टीमा सधैं भइरहने द्वन्द्वकाबारेमा जानकार भएको उल्लेख गरे । पार्टीको जीवन भनेको अन्तरविरोधमय हुने उल्लेख गर्दै उनले मिठो भाषामा अन्तरविरोध, नमिठो भाषामा झगडा हुने बताए । ‘पार्टीमा झगडा परेको छ भन्यो भने अलि नराम्रो हुन्छ, अन्तरविरोध अथवा अन्तरसंघर्ष भन्यो भने अलि राम्रो हुन्छ ।’– उनले भने । कृष्ण सेनले थुप्रैको कुरा सुन्नु हुन्थ्यो, अनि हामीसँग आउनु हुन्थ्यो । फलानो यस्तो भन्यो भनेर सिकायत हाल्ने पनि होइन, यस्तो किसिमको अन्तरविरोध छ, हल गर्नुपर्यो भन्नु हुन्थ्यो । त्यसैले इच्छुक दार्शनिक पनि हुन् ।– चैतन्यले स्पष्ट गरे । 

यो पनि पढ्नुस्ः

२१ वर्षअघिदेखि बगेको आँशु अझै थामिएन

Share:
Reaction :
ताजा समाचार
खेलकुद