Media Network

नगरप्रमुख भामले गरे सम्पति सार्वजनिक


खबरस्टोरी संवाददाता

१० जेष्ठ २०७९,मंगलवार

काठमाडौँ। मुगुको छायाँनाथ रारा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विष्णुकुमार भामले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । भामले नगर प्रमुखको कार्यभार सम्हालेको एक साता नबित्दै  सम्पत्तिको विवरण सार्वजनिक गरेका हुन् । 

जिल्ला सदरमुकाम गमगढीको कृष्ण चोकमा मंगलवार आयाेजित कार्यक्रमममा उनले सम्पति सार्वजानिक गरेका हुन् ।  जसअनुसार उनीसँग १४ तोला सुन, दुई तोला चाँदी, १५ लाख बैक ब्यालेन्स र नगद मौज्दात १६ लाख रहेको बताए । यस्तै केही ठाउँमा जग्गा समेत रहेको उल्लेख गरे ।

मुगुको साविकको कार्कीवाडा गाविसमा कित्ता नम्बर ५१ काे ४२३१३ वर्ग मिटर, साविकको श्रीनगर गाविकसमा कित्ता नम्बर ५ काे ५५८ बर्ग मिटर, साविकको पिना गाविसमा कित्ता नम्बर ३ काे ४५५८ वर्गमिटर  र सुर्खेतकाे साविकको लाटिकोईली गाविसमा २ कित्ता ३६२ वर्गमिटर जग्गा रहेको नगर प्रमुख भामले बताए । 

छायाँनाथ रारा नगरपालिका-४ भामबाडा गाउँमा निजी निवासमा रहेको सात कोठे एउटा घर आमा लालकली भामको नाममा रहेको बताए । यस्तै गमगढी बजारमा आठ कोठाकाे घर पनि आमाकै नाममा रहेको उल्लेख गरे । गमगढी बजारमा रहेकाे ६ कोठाकाे घर श्रीमती अनिता रावलको नाममा रहेको र नेपालगन्जकाे तीन तले घर आमा लालकली भामको नाममा रहको जनाइन्ई ।   

नगर प्रमुख भामले यि सम्पतिमा आफ्नाे कुनै हक दावी नलाग्ने बताए । प्राय: जग्गा आमाको नाममा रहेको हुँदा कुनै पनि जग्गामा नाम नरहेको बताए । उनी यो सबै सम्पती पुर्ख्यौली भएकाे पनि उल्लेख गरे । मेयर भामले गरेको सार्वजानिक सम्पति विवरणअनुसार तामाका भाँडाकुँडा, हुड्को ताउलो ८० धार्नी, काँसका भाँडाकुँडा ५२ केजी, अन्य सानातिना सामानहरु सय थान र लिउ, गँलैचा समेतका लत्ता कपडा आवश्यकता अनुसार रहेको बताए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद