Media Network

पंगेनी समाज काठमाडौंको अध्यक्षमा डा. झपेश्वर निर्वाचित


खबरस्टोरी संवाददाता

२८ माघ २०८०,आईतवार

काठमाडौं । पंगेनी समाज काठमाडौंको अध्यक्षमा डा. झपेश्वर पंगेनी निर्वाचित भएका छन् । समाजको उपत्यका प्रदेशको प्रथम अधिवेशनले डा. झपेश्वरको नेतृत्वमा ९ सदस्यीय समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा गोविन्द पंगेनी, सचिव शरद पंगेनी, कोषाध्यक्ष हरिप्रसाद पंगेनी निर्वाचित भएका छन् । यस्तै, अधिवेशनले सदस्यहरुमा किरण पंगेनी, केशव पंगेनी, विजय पंगेनी, युवराज पंगेनी र रुपा पंगेनीलाई निर्वाचित गरेकोे छ ।

अधिवेशनले ६ सदस्य सल्लाहकार समिति पनि चयन गरेको छ ।

पंगेनी समाजको राष्ट्रिय अधिवेशन आगामी फाल्गुण २८ गते स्याङ्जाको वालिङमा हुने भएको छ ।राष्ट्रिय अधिवेशनअघि सबै जिल्लाहरुमा अधिवेशनहरु जारी रहेको दयाराज पंगेनीले जानकारी दिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद