Media Network

राजनीतिक दलमा संलग्न शिक्षक र कर्मचारीलाई राजीनामा दिन निर्देशन


खबरस्टोरी संवाददाता

११ जेष्ठ २०७९,बुधबार

काठमाडौँ। बर्दियाको राजापुर नगरपालिकाका नवनिर्वाचित मेयर दिपेश थारूले राजनीतिक दलको कार्यकारिणी पदमा रहेका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई राजीनामा दिन निर्देशन दिएका छन् ।

नगर कार्यपालिकाको जेठ १० गतेको बैठकले नगरभित्रका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई दल त्याग गर्न लगाई एक साताभित्र नगरपालिकामा विवरण पेश गर्न निर्देशन दिने निर्णय गरेको हो। राजनीतिक दलको कार्यकारिणी पदमा रही कानून विपरीत काम गर्ने शिक्षक तथा कर्मचारीहरूको विवरण नगरपालिकामा पेश गर्न सम्बन्धित विद्यालयलाई नगरपालिकाले निर्देशन दिएको छ। 

शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (ङ) को उपदफा ५ को (छ) मा शिक्षक वा कर्मचरी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट मुक्त गरिने व्यवस्था छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद