Media Network

सिभिल मलमा युवकले आफ्नै जिउमा आगो लगाए, ट्रमा सेन्टरमा उपचार हुँदै


खबरस्टोरी संवाददाता

५ माघ २०७९,बिहीबार

काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् ।उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा लगएिको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार २९–३० वर्षका विशाल लामिछाने गुरुङले सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः ४० मा आफ्नै जीउमा आगो लगाएको प्रहरीले जनाएको छ ।

घटनाको कारण खुलेको छैन र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद