Media Network

सहसचिव र उपसचिवसहित एकैपटक ७० कर्मचारीको सरूवा


खबरस्टोरी संवाददाता

७ माघ २०७९,शनिबार

काठमाडौं । सरकारले सहसचिव र उपसचिवसहित एकैपटक ७० जना कर्मचारीको सरूवा गरेको छ।

गृहमन्त्रालयले उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना कर्मचारीहरुको काज सरूवा गरेको हो।

जसअनुसार  नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत सीडीओदेखि उपसचिव, निर्देशक, जेलरलगायतसम्मका ७० कर्मचारीको सरुवा भएको छ। यसमा ५० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेरसमेत भएका छन्।  

मोरङको प्रमुख जिल्ला अधिकारीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सिंहदरबारका महानिर्देशक तिर्थराज भट्टराईलाई पठाइएको छ। यसअघि मोरङका प्रजिअ काशीराम दाहाललाई धनुषाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा सरूवा गर्दा भक्तपुरकी रूद्रादेवी शर्मालाई गृहमन्त्रालय सिंहदरबारमा सरूवा गरिएको छ।

यस्तै चितवनका आशमान तामाङलाई गृह मन्त्रालयमा सरूवा गरेका सुरेन्द्र पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

झापामा शिवराम पोखरेल, दाङमा सुशिल वैद्य तथा सुनसरीमा काभ्रेकी हुमकला पाण्डेलाई पठाइएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद