Media Network

वेपत्ता एक जनाको खोजी कार्य जारी, सनाखत भएका शव आफन्तलाई हस्तान्तरण गरिँदै


खबरस्टोरी संवाददाता

४ माघ २०७९,बुधबार

काठमाडौ ।आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएकामध्ये ४८ जनाको शव काठमाडौं ल्याइएको छ। अरू शव पहिचान गरी पोखराबाटै आफन्तलाई बुझाइँदैछ।

काठमाडौंबाट ६८ यात्रु र चालकदलका चार सदस्य लिएर पोखराका लागि उडेको विमान धावनमार्गनजिकै सेती नदीको खोँचमा खसेको थियो।मंगलबार साँझसम्म ७१ जनाको शव भेटिए पनि अझै एक जनाको शव भेटिएको छैन् ।

मंगलबार दिउँसो थप एक महिलाको शव भेटिएको छ । ‘बेपत्ता दुई जना मध्ये एक जना महिलाको शव भेटिएको हो। थप एक जनाको खोजी आज बिहानैबाट सुरू भएको छ ।

नदीको पानी घटाइएसँगै मंगलबार गोताखोरसहित ड्रोनको प्रयोग गरी शवको खोजी गर्दा सेती खोँच दुर्घटनास्थलभन्दा करिब ७ सय मिटर तल पानीमा एक महिलाको शव भेटिएको थियो। दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार ७ र मंगलबार १ जनाको गरी ७१ वटा शव फेला पारिएको प्रहरीले जनाएको छ। अब एकजनाको मात्र अवस्था अज्ञात रहेको छ । 

विमानमा चार जना चालक दलका सदस्य सहित ५३ जना नेपाली र बाँकी १५ जना विदेशी यात्रु थिए।



Share:
Reaction :
ताजा समाचार
खेलकुद