Media Network

५५३ असई र ६६२ प्रहरी वरिष्ठ हवल्दारको बढुवा


खबरस्टोरी संवाददाता

७ पुष २०८०,शनिबार

काठमाडौं । नेपाल प्रहरीका ६६२ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक (सई)मा बढुवा भएका छन् भने ६६२ जना प्रहरी बरिष्ठ हवल्दार असईमा बढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको बढुवा समितिको बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्रहरी नियमावली, २०७१ ९संशोधन सहित०को नियम २७ को उपनियम ४ अनुसार सबैको जानकारीका लागि सचिवालयले छुट्टा छुट्टै सूची सार्वजनिक गरेको हो ।

बढुवा नियुक्ति भएका सबै प्रहरी अधिकारीलाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशनसमेत अहिले पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको बढुवा समितिको सचिवायलले जनाएको छ भने आवश्यक कारवाही गर्न गराउन तथा दज्र्यानी चिन्ह प्रदान गर्न गराउनसमेत सम्बन्धित कार्यालयलाई अनुरोध गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद