Media Network

भक्तपुरबाट लाइसेन्सको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ


खबरस्टोरी संवाददाता

२० श्रावण २०७९,शुक्रबार

काठमाडौँ। मध्यपुर ठिमी नगरपालिका–९ राधेराधे ईजिवे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परिक्षामा नक्कली परिक्षार्थी बनि अर्काको नाममा परीक्षा दिएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० घर भएका २१ वर्षीय सुजन भट्टराई छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।   

सुजन भट्टराईले ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने २९ वर्षीय सन्तोष थापाको नाममा परीक्षा दिएका थिए । 

उनलाई यातायात व्यवस्था कार्यालय भक्तपुर र उपत्यका ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद