Media Network

भुटानी शरणार्थी प्रकरण: टेकनाथ रिजालले बुझाए धरौटी, बुधबार छुट्ने


खबरस्टोरी संवाददाता

९ पुष २०८०,सोमबार

काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतले तोकेको धरौटी रकम बुझाएका छन् ।आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा उनले १५ लाख रुपैयाँ धरौटी रकम बुझाएका हुन् । तर उनी बुधबार मात्र रिहा हुने भएका छन् ।

सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले उनी बुधबार छुट्न लागेका हुन्।नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले रिजाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर उच्च अदालत पाटनले मंसिर १५ गते उनलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद