Media Network

बालकुमारी घटनामा पक्राउ परेकालाई मुद्दा नचलाइने


खबरस्टोरी संवाददाता

१५ पुष २०८०,आईतवार

काठमाडौँ । शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शन गर्न उत्रिएको समयमा पक्राउ परेका ७३ जनाविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ । उपत्यका प्रहरी कार्यालयका अनुसार इपिएसमार्फत कोरिया जानका लागि आफूहरुले आवेदन दिन पाउनुपर्ने मागसहित प्रदर्शनमा उत्रिने क्रममा पक्राउ परेका उनीहरुलाई छोड्ने निर्णय गरिएको हो । 

सार्वजनिक सम्पत्ति तोडफोड साथै मन्त्रीको गाडीमा समेत आगजनी गरेको भन्दै प्रहरीले प्रदर्शनस्थलबाट ७३ जनालाई पक्राउ गरेको थियो । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले गरेको दमनबाट २ जनाको मृत्यु समेत भएको थियो । मृत्यु हुनेमा दैलेख घर भएका सुजत रावत र अछामका विरेन्द्र शाह छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद