Media Network

गैंडाको खागसहित गोंगबुबाट दुई जना पक्राउ


खबरस्टोरी संवाददाता

९ आश्विन २०७९,आईतवार

काठमाडौँ । गैंडाको खागसहित काठमाडौँको गोंगबु बसपार्कबाट दुई जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले आज बिहान बसपार्कस्थित एक होटलबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा एक महिला र एक पुरुष छन्।

टोखा नगरपालिका–९ बसपार्कस्थित न्यू रुकुमेली गेष्टहाउसबाट उनीहरुलाई पक्राउ गरिएको हो।

प्रहरीले भने पक्राउ परेकाहरुको विवरण सार्वजनिक गरेको छैन। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद