Media Network

घुस लिने र दिने दुवैविरूद्ध मुद्दा


निरज तिमिल्सिना

१५ माघ २०८०,सोमबार

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको र दिएको आरोपमा दुई जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईले सेवाग्राही सुमी धामी भनिने सुमित्रा सापकोटासँग घुस लिएको आरोपमा लिन र दिने दुवै विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ।

इन्जिनियर भट्टराईले सेवाग्राही सापकोटासँग ३४ हजार घुस लिएको र दिएको आरोपमा सापकोटासँग कानुनअनुसार कारवाहीका लागि आज मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद