Media Network

इन्डिगो एयरलाइन्सबाट एक किलो सुन बरामद


खबरस्टोरी संवाददाता

७ बैशाख २०८१,शुक्रबार

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद भएको छ । बिहिबार साँझ विमानस्थल परिसरबाट एक किलो सुन बरामद भएको हो ।

दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको सिटमा एक किलो सुन बरामद भएको विमानस्थलले जनाएको छ । प्रहरीका अनुसार विमानस्थलमा विमानको सिटमा बेवारिसे अवस्थामा उक्त सुन रहेको थियो । सुन ल्याउने व्यक्तिबारे अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद