Media Network

कारागारभित्र कैदी बन्दीहरुबीच झडप


खबरस्टोरी संवाददाता

२५ श्रावण २०७९,बुधबार

ललितपुर । ललितपुरको नख्खु कारागारभित्र कैदीबन्दीहरुबीच झड भएको छ । कारागार नाइकेले मनोमानी गरेको भन्दै कैदी बन्दीहरूले नाराबाजी र प्रदर्शन गरेका छन् ।

उनीहरु कैदी बन्दीहरूले नयाँ कैदी बन्दीसँग पैसा असुल्ने र महंगोमा सामान बिक्री गर्ने गरेको भन्दै नाइकेविरुद्ध आन्दोलित बनेका हुन् । बुधबार बिहानैदेखि उनीहरूले नाराबाजी र प्रदर्शन गरेका हुन् ।४ सयभन्दा धेरै संख्यामा रहेका बन्दीहरूले नाइके फेर्नुपर्ने लगायत माग गर्दै प्रदर्शन गरेका हुन् । 




Share:
Reaction :
ताजा समाचार
खेलकुद