Media Network

ललितपुरका सीडीओ र एसएसपीको जिम्मेबारी खोसियो, डीएसपीसहित तीन जना निलम्बित


खबरस्टोरी संवाददाता

१४ पुष २०८०,शनिबार

काठमाडौं । सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी सिद्धिविक्रम शाहको जिम्मेवारी खोसेर हेडक्वार्टरमा तान्ने निर्णय गरेको छ ।

शुक्रबार ललितपुरका बालकुमारीमा भएको झडपमा सुरक्षा कमजोरी गरेको भन्दै सीडीओ पण्डितलाई गृह मन्त्रालय र एसएसपी शाहलाई प्रहरी प्रधान कार्यालय तान्ने निर्णय गरिएको हो ।गृह मन्त्रालय स्रोतका अनुसार उनीहरुलाई निलम्बन गरिएको नभएर नैतिक जिम्मेवारी ननिभाएकोमा हेडक्वार्टर तानिएको हो ।

यसैबीच सरकारले फिल्ड कमाण्डमा खटिएका ललितपुरका डीएसपी उमेश लम्साल ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदी र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका अंगरक्षक बोधराज दनुवारलाई निलम्बन गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद