Media Network

महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय मुगुको नवनिर्मित भवनहरू उद्घाटन


खबरस्टोरी संवाददाता

८ पुष २०८०,आईतवार

मुगु । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय मुगुको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । आइतबार एक कार्यक्रमकाबीच उनले नवनिर्मित भवनहरूको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले सुविधा सम्पन्न कार्यालय भवन, व्यवस्थित तथा गुणस्तरीय ब्यारेक, मेश लगायत दैनिक आवश्यक पर्ने भौतिक संरचना प्रहरी कर्मचारीहरूको मनोबलका साथै प्रहरीबाट प्रवाह हुने सेवासँग प्रत्यक्ष रुपमा जोडिएको उल्लेख गर्दै हालै निर्माण भएको नयाँ र सुविधा प्राप्त भवनहरूले प्रहरी कर्मचारीहरूमा थप जिम्मेवारी निर्वाह गर्ने उर्जा र हौसला मिल्ने बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद