Media Network

मल खाद युरियाको कालोबजारी गरेको अभियोगमा पक्राउ


खबरस्टोरी संवाददाता

२७ मंसिर २०७९,मंगलवार

सप्तरी।मल खाद युरियाको कालोबजारी गरेको अभियोगमा राजबिराज नगरपालिका–१० दिघवा बस्ने १९ वर्षीय राज कुमार दासलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उनले संचालन गरेको किराना पसलमा युरिया मल खाद लुकाई छिपाई भण्डारण गरी सरकारले निर्धारण गरेको मुल्य भन्दा बढी मुल्यमा बिक्री गर्दै आइरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले तलासी गर्दा प्रति बोरा ५० केजीको दरले ३५ थान युरियाको बोरा भण्डारण गरी राखेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । 

उनी उपर जिल्ला प्रशासन कार्यालयबाट ७  दिन म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद