Media Network

प्रहरीमा एसपी बढुवाको तयारी, सात पदका लागि १२ डीएसपी प्रतिस्पर्धामा


खबरस्टोरी संवाददाता

३ पुष २०८०,मंगलवार

काठमाडौं । प्रहरी प्रधान कार्यायलयले प्रहरी उपरीक्षक एसपी बढुवाको तयारी थालेको छ । यतिबेला एसपीको सात रिक्त पदका निम्ति १२ प्रहरी नायब उपरीक्षक डीएसपी प्रतिस्पर्धामा छन् ।

 २०६१ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु उनीहरु सबै  ०७२ साउन १ गते डीएसपीमा बढुवा भएका हुन् ।उनीहरूसँगैका केही डीएसपी भने गएको वैशाखमै बढुवा भइसकेका छन् । यो ब्याचका डीएसपी तीन चरणमा बढुवा भएर एसपी बन्नेछन् ।

१२ डीएसपीमध्येबाट अहिले सातजना मात्र बढुवा हुनेछन् । पाँचजना अझै छुट्नेछन् । त्यसैले पनि बढुवा प्रक्रियामा सकस परेको छ ।गएको मंसिर ५ गते पाँच एसपी प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवा भएसँगै एसपीतर्फ रिक्त दरबन्दीको संख्या सात पुगेको हो । त्यसअघि, एसपीतर्फ दुई दरबन्दी रिक्त थियो ।

प्रहरी प्रधान कार्यालयले सकेसम्म प्राविधिकतर्फका दुई दरबन्दी समेत साधारण समूहतर्फ समायोजन गरेर नौजनालाई बढुवा गर्ने तयारी गरेको छ । १२ जनामध्ये हाल बढुवाको पहिलो नम्बरमा डीएसपी प्रदीपबहादुर क्षेत्री छन् । त्यसपछि क्रमशः अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जन दत्त भट्ट छन् ।

यस्तै, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे एसपीको प्रतिस्पर्धामा छन् । प्रहरी प्रधान कार्यालयले १२ जनामध्येबाट नै उत्कृष्ट कार्यसम्पादन भएका डीएसपीको बढुवा गर्ने तयारी गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद