Media Network

प्रस्तावित न्यायाधीश पौडेलको कार्यायोजना- सर्वोच्चको कार्यबोझ घटाउन कानुन परिमार्जनको आवश्यक(पूर्णपाठ)


खबरस्टोरी संवाददाता

१ पुष २०८०,आईतवार

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले सर्वोच्चको कार्यबोझ न्यूनीकरणका निम्ति संविधान तथा कानुन परिमार्जनको आवश्यकता देखाएका छन्।

आइतबार संसदीय सुनुवाइ समितिको बैठकमा उनले पेस गरेको कार्यायोजनामा अदालतमा अहिले मुद्दाको संख्या वृद्धि हुने क्रम बढेको उल्लेख छ ।

“सर्वोच्च अदालतमा अहिले मुद्दाको संख्या अत्यधिक छ र मुद्दाको संख्या वृद्धि हुने क्रम पनि बढ्दो छ । सबै किसिमका मुद्दाहरू सर्वोच्च अदालतमा पुग्ने कुरा उपयुक्त हुँदैन । प्रदेश र स्थानीय कानुन संविधानसँग बाझिएको हदमा बदर गर्न उच्च अदालतलाई क्षेत्राधिकार दिने, दोहो¥याई पाउनदिने निवेदनहरू हेर्न सम्बन्धित उच्च अदालतहरूमा नै पूर्ण इजासको व्यवस्था गर्ने र सबै मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकार क्षेत्र जिल्ला अदालतलाई प्रदान गर्ने गरी सर्वोच्च अदालतमा कार्यबोझ न्यूनीकरण गर्न सकिन्छ । यसका लागि संविधान तथा कानुन परिमार्जनको आवश्यकता छ,” कार्ययोजनामा भनिएको छ ।

कार्य गरेको ३० वर्षमा इमानदारिता र निष्ठालाई आदर्श मानेर सेवामा आफूलाई समर्पित गरेको उनले उल्लेख गरेका छन् ।

(पूर्णपाठ)

https://drive.google.com/viewerng/viewer?url=https://12khari.de/uploads/pdf/karyayojana-1702795337.pdf


Share:
Reaction :
ताजा समाचार
खेलकुद