Media Network

प्रधान सेनापतिद्वारा रथी सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान


खबरस्टोरी संवाददाता

२९ मंसिर २०८०,शुक्रबार

काठमाडौं । नेपाली सेनाको रथी पदमा बढुवा भएका अशोकराज सिग्देलले शुक्रबार फुली लगाएका छन् । प्रधान सेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका उपरथी सिग्देललाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

मन्त्रिपरिषदको बिहीबारको निर्णयबमोजिम सिग्देल रथीमा बढुवा भएका थिए । योसँगै उनी नेपाली सेनाको भावी प्रधान सेनापति बन्ने समेत तय भएको छ । सेनाको अर्को रथी पद पनि रिक्त भएको छ ।२०२३ माघ १९ गते कपिलवस्तुमा जन्मिएका सिग्देल २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद