Media Network

रुपन्देहीमा नेपाल–भारत संयुक्त सैनिक अभ्यास सुरु


खबरस्टोरी संवाददाता

१ पुष २०७९,शुक्रबार

काठमाडौं।नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुरु भएको छ । यही पुस एक गते देखि रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा मध्य पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी याम प्रसाद ढकालले एक विशेष कार्यक्रमका सैन्य अभ्यासको शुभारम्भ गरेका हुन ।विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी संचालन भएको उक्त संयुक्त अभ्यासको यो १६ औं संस्करण हो । नेपाली सेनाबाट प्रमुख सेनानी विमल कुमार वाग्लेको नेतृत्वमा तीन सय ३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा तीन सय ३४ जना सहभागी गराई सञ्चालन भएको उक्त संयुक्त अभ्यास आगामी २०७९ पुस १४ गते सम्पन्न हुने कार्यक्रम रहेको छ । यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुर्य किरणको पन्ध्रौं संस्करण मित्रराष्ट्र भारतको पिथौरागढमा सम्पन्न भएको थियो । वि.सं. २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १५ पटक सफलता पुर्वक सञ्चालन भई सकेको नेपाली सेनाले जानकारी दिएको छ ।यो संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा प्रतिआतंकवाद लगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापन सम्बन्धि सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास गर्ने छन् । यस अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान हुनेछ । यस किसिमको सैनिक अभ्यासले दुई देश बीच सदियौं देखि रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने तथा दुवै देशका सेनाहरु बीच आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद