Media Network

सीआईबीबाट रिहा भएका लीलाबहादुर गुरुङ फेरि पक्राउ


खबरस्टोरी संवाददाता

६ बैशाख २०८१,बिहीबार

काठमाडौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले छाडेका लिला गुरुङलाई ललितपुर प्रहरीले फेरि पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरले फेरि पक्राउ परेको हो ।

काठमाडौंको हाम्रो नयाँ कृषि सहकारीका उपाध्यक्ष रहेका गुरुङसहित तीन जनालाई सीआईबीले मंगलबार छाडेको थियो । सहकारीमा ठगी गरेको रकम फिर्ता गरेपछि उनीहरूविरुद्ध मुद्दा नचल्ने रायसहितको प्रतिवेदनका आधारमा उनीहरूलाई छाडिएको थियो ।

तर गुरुङविरुद्ध अर्को सहकारी कल्याण उपकार सेभिङ एण्ड क्रेडिटको रकम अपचलन गरेको भन्दै ललितपुर प्रहरीमा जाहेरी थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद