Media Network

सेनाले माग्यो ८ जना कर्मचारी


खबरस्टोरी संवाददाता

१५ माघ २०८०,सोमबार

काठमाडौं । काठमाडौं–तराई(मधेस द्रुतमार्ग फास्ट ट्र्याक सडक आयोजनाका लागि नेपाली सेनाले वृक्षारोपण हेरालु पदका लागि कर्मचारी माग गरेको छ ।

सेनाले आज एक सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदका लागि करारमा ८ जना कर्मचारी माग गरेको हो । बोट बिरुवा रोपाइ तथा हेरविचारसम्बन्धी ज्ञान भएको व्यक्ति र उमेर ५० वर्ष ननाघेको हुनुपर्ने छ ।

सामान्य शारीरिक जाँच तथा अन्तर्वार्ताका माध्यमबाट उम्मेदवार छनोट गरिने सेनाले जनाएको छ । आवेदन दिनका लागि जंगी अड्डा वा सडक निर्माण कार्यालय बेसक्याम्प निजगढमा दरखास्त पेस गर्नुपर्नेछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद