Media Network

सन्दीप जेल जानु नपर्ने, उच्चमा पुनरावेदन गर्न पाउँछन् यस्तो छ कानुनी व्यवस्था ?


खबरस्टोरी संवाददाता

१३ पुष २०८०,शुक्रबार

काठमाडौ । बलात्कार मुद्दामा दोषी ठहर भए पनि क्रिकेटर सन्दीप लामिछानेले तत्काल जेल जानु नपर्ने भएको छ।पीडित भनिएकी किशोरी गौशाला २६ लाई जिल्ला अदालत काठमाडौंले बालिग ठहर गरेसँगै उनलाई राहत मिलेको छ ।अदालतले पीडित भनिएकी गौशाला २६ को जन्म २०६१ असार १८ गते भएको पनि फैसलामा उल्लेख गरेको छ। यससँगै उनी घटना भएको समयमा १८ वर्ष पूरा भएको पनि अदालतले देखाएको छ।पीडित भनिएकी किशोरी बालिग भएको ठहरपछि सन्दीपका लागि अब पुस २५ मा हुने अर्को सुनुवाइका क्रममा कम्तीमा ७ देखि १० वर्ष सजाय निर्धारण हुन सक्छ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सन्दीपलाई सजायको फैसला न्यायाधीश शिशिरराज ढकालले गरेका हुन्। जाहेरवालीलाई बालिग भनेर जिल्ला अदालतले व्याख्या गरेसँगै बलात्कारमा दोषी सन्दीपलाई राहत पनि मिलेको हो।यस्तो अवस्थामा १० वर्षभन्दा कम सजाय तोकिएका मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ।

१० वर्षभन्दा कम सजाय निर्धारण हुने अवस्थामा सन्दीपले अब तत्काल जेल जानु नपर्ने भएको हो। उनले अब जेलबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न भने पाउँछन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद