Media Network

सरकारले ल्याएको अध्यादेशप्रति १३ पूर्वआईजीपीको आपत्ति


खबरस्टोरी संवाददाता

२७ मंसिर २०७९,मंगलवार

काठमाडौँ । सरकारले पछिल्लो पटक नेपाल सरकारबादी भएका केही मुद्दा फिर्ता लिने र जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका सस्थापक रेशम चौधरी समेतको रिहाईको बाटो खोल्ने गरी ल्याएको अध्यादेशप्रति नेपाल प्रहरीका १३ जना पूर्वमहानिरीक्षक (आईजीपी) हरूले आपत्ति जनाएका छन् ।

पूर्वमहानिरीक्षकहरूको नेपाल प्रहरी पूर्वसंगठन मञ्चले संगठित रुपमा अध्यादेशको विरोध जनाएको हो । पूर्वमहानिरिक्षक श्यामभक्त थापाको निवास मालीगाउँमा मंगलबार बैठक नै बसेर उनीहरुले अध्यादेशमा विरोध जनाएको हो ।

उनीहरुले सरकारले ल्याएको अध्यादेश लोकतान्त्रिक प्रणालीको मर्म र भावनाविपरीत रहेको भन्दै यसलाई खारेज गर्न माग गरेका छन् । यसरी अध्यादेश खारेजीको माग गर्नेहरुमा पूर्वमहानिरीक्षक थापासहित मोतीलाल बोहोरा, अच्युतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान, ओमविक्रम राणा, रमेश चन्द ठकुरी, रवीन्द्र प्रताप शाह, कुवेर सिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल, ठाकुरप्रसाद ज्ञवाली र शैलेस थापा क्षेत्री छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद