Media Network

सर्वोच्चका मुख्य रजिष्टार र रजिष्टार उच्च अदालतको न्यायाधीश नियुक्त


खबरस्टोरी संवाददाता

८ पुष २०८०,आईतवार

काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिष्टार लालवहादुर कुँवर र रजिष्टार निर्मला पौडेल भट्टराई उच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् ।
न्याय परिषदको आज बसेको बैठकले कुँवर र पौडेललाई उच्चको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको हो । यसअघि न्यायाधीश सिफारिस गर्दा कुँवरले अश्वीकार गरेका थिए । यसअघिका मुख्य रजिष्टार मुख्य न्यायाधीश बन्ने गरेका थिए ।
तर पछिल्लो नियमावली संशोधनपछि शीर्ष वरियतामा रहनेगरी कुँवर न्यायाधीश बनेका हुन् । उनको रोलक्रम अनुसार राजन भट्टराईपछि मुख्य न्यायाधीशको पालो आउनेछ ।
न्यायाधीश नियुक्त भएका कुँवर उच्च अदालत पाटन र पौडेल पोखरामा पदस्थापन समेत भएका छन् ।
त्यस्तै परिषद बैठकले उच्च अदालत बुटवल इजलासका न्यायाधीश चन्द्रवहादुर सारुलाई नेपालगन्ज इज्लासमा सरुवा गरेको छ ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद