Media Network

सर्वोच्चले सोधेको प्रश्नको जवाफ दिने संसद सचिवालयको तयारी


खबरस्टोरी संवाददाता

२३ मंसिर २०७९,शुक्रबार

काठमाडौँ।संघीय संसद सचिवालयले सर्वोच्च अदालतले सोधेको प्रश्नको जवाफ दिने तयारी गरेको छ । त्यसका लागि संघीय संसद सचिवालयका महासचिव डा।भरतराज गौतम आन्तरिक परामर्शमा जुटेका छन् । 

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएपछि सर्वोच्च अदालतले गौतमसँग गत बुधबार जवाफ मागेको थियो ।

सर्वोच्चका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मीले महासचिव गौतमलाई संविधान र कानुनको कुन आधारमा महाभियोग निष्प्रभावी भएको हो भन्दै प्रश्न गरेर पत्र पठाएका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद