Media Network

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो अवैध सुन बरामद


खबरस्टोरी संवाददाता

२२ मंसिर २०८०,शुक्रबार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो अवैध सुन बरामद भएको छ । सुन ल्याइँदै गरेको विशेष सूचनाका आधारमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट खटिएको टोलीले बिहीबार राति १४ किलो सुन बरामद गरेको हो । पक्राउ पर्नेमा दुबईबाट नेपाल आएका गोरखाका चन्द्र घले र मिन बहादुर घले रहेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले बिहीबार राती ११ः४० बजे फ्लाई दुबईको उडानबाट काठमाडौं आएका घलेले ज्याकेट र जुत्तामा लुकाई ल्याएको सुन बरामद भएको जानकारी दिए । यसबारे थप अनुसन्धान भईरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद