Media Network

तारकेश्वर घटना : प्रहरीले दुर्घटनाको अनुसन्धानमा लापरवाहि गरेको भन्दै मृतकका परिवार आन्दोलनमा


खबरस्टोरी संवाददाता

२७ मंसिर २०७९,मंगलवार

काठमाडौ । तारकेश्वर नगरपालिका ६ मा घटेको घटनाका कारण सो स्थान यतिबेला तनावग्रस्त छ । स्थानीय सविन फुयाँल मृत्यु प्रकरणका कारण दुई दिनदेखि बालाजु प्रहरी वृत्तअगाडि पीडित परिवार लगायत स्थानीयहरुले आन्दोलन गरिरहेका छन् । 

तारकेश्वर नगरपालिका– ६ का २३ वर्षीय फुयाँलको सवारी दुर्घटनाका कारण मृत्यु भयो वा हत्या गरे भन्नेबारेमा बालाजु प्रहरीले निष्पक्ष अनुसन्धान नगरेको भन्दै प्रदर्शन भईरहेको छ  । 

सविन गत आइतबार १० बजे राति तारकेश्वर नगरपालिकाको चिसापानी सडकखण्डमा अर्धचेत अवस्थामा फेला परेका सविन सवार बा २५प ६१८१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।उपचारका क्रममा सविनको ग्रिनसिटी अस्पतालमा आइतबार राति नै मृत्यु भएको थियो  । 

प्रहरीले अनुसन्धानमा लापर्वाही गरेको भन्दै पीडित परिवारले सोमबार पाँचवटा टिपर तोडफोडसमेत गरेका थिए । मंगलबारसमेत पीडित परिवारले आन्दोलन जारी नै राखेका छन् । प्रहरीले सविन चढेको मोटरसाइकललाई बा.४ख ९५४३ नम्बरको टिपरले ठक्कर दिएको आशंकामा टिपरचालक शिव विकलाई नियन्त्रणमा लिएको छ । 

आक्रोशित स्थानीय तथा प्रत्यक्षदर्शीहरुका अनुसार हामी घटना भएको केही समयमै हामीले नै बाइक उठाएर राखेको हो ।सविनलाई बाइक राखिएको ठाउँभन्दा करिब १० मिटर जति घिसारेर बालुवाको ढिस्कोमा राखिएको थियो । दुर्घटना भएको भए लाश त्यहाँ कसरी पुग्यो, तत्काल उपचारका लागि अस्पताल किन नपुराएको भन्दै उपचारका लागि अस्पताल लैजानुको साटो टिपर भागेको उनीहरुको दाबी छ ।बालाजु प्रहरी स्रोतका अनुसार अनुसन्धानका क्रममा पक्राउ परेका टिप्परका चालक विकको बयान समेत बाझिँएको छ । पक्राउ पर्दा चालक शिवले टिपर आफैँले चलाएको र तर, पछिल्लो समय भने आफूले टिपर नचलाएको बयान दिएका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद