Media Network

तारकेश्वर घटना:पिडितपक्ष माथि नै प्रहरीको आक्रमण


खबरस्टोरी संवाददाता

१ पुष २०७९,शुक्रबार

काठमाडौँ। तनावग्रस्थ रहेको तार्केश्वर नगरपालिका अझैँ पनि समान्य बन्न सकेको छैन। घटना आइतबार राति १० बजे तिरको हो । चिसापानि पेट्रोलपम्प नजिकै एक दुर्घटना भएको थियो । रातिको समयमा मोटरसाइकल  सवार २३ बर्षिय सविन फुयाँल ट्रिपरको ठक्करबाट घाइटे भएका थिए । 

प्रहरीले घटना दुर्घटनाको रुपमा लिएको छ् । तर घटना सामान्य दुर्घटना नभई सुनियोजित तरवबाट हत्या गरिएको मृतक फुयाँलका आफन्तीले बताइरहेका छन् । प्रहरीले घटनास्थल शिल गरेर मुचुल्का नपठाएको, प्रत्यक्षदर्शीहरुसँग बयानपनि नलिएको आरोप आफन्तले लगाएका छन् ।

घटनाको सत्यतथ्य छानविन गर्न मृतकको आफन्तहरुले बालाजु प्रहरी बिटमा आन्दोलन गर्दै आएका छन्। आन्दोलनमा प्रहरी र स्थानियबासी बिच झडप भएको छ । प्रहरीले स्थानियबासीमाथि लठ्ठिचार्ज गर्दा तार्केश्वर नगरपालिका नै तनावग्रस्त भएको छ।

घटना आक्रमण गरी हत्या गरेको भन्दै ग्रामिण आर्दश र एन आर कलेजका छात्र छात्राहरुहरु आन्दोलित बनेका थिए।त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए।पीडित परिवारलाई न्याय दिन र दोषीलाई कारबाही गर्न माग गर्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले  ¥याली निकालेर प्रदर्शन गरेका हुन् । फुयाँल त्रिचन्द्र क्याम्पसमा अध्यायनरत थिए।प्रर्दशनकारीका अनुसार प्रहरीले घटनाको सत्यतथ्य छानबिन  नगरेको भन्दै प्रदर्शमा अत्रिएको बताएका छन् । 

दिपेश थापामाथि प्रहरीको आक्रमण

प्रहरीको लठ्ठि चार्जबाट नेपाली कांग्रेसका युवानेता दिपेश थापा लगाएत अन्य घाइते भएका छन् । प्रर्दहनकारीदाई प्रकाउ गरि कुटपिट गरेका थिए। कुटपिट मा युवा नेता दिपेश थापाको टाउकोमा गम्भिर चोट लागेको छ । थापालाई कुटपिट संगै स्थानियबासीबको प्रहरी प्रति आक्रोश बढेको छ ।प्रतक्ष्यदर्शीका अनुसार शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लठ्ठि चार्ज गर्दै प्रदर्शनको भइरहेको अवस्थामा साइडमा बसेका थापालाई तानेर लगिएको थियो। थापालाई प्रहरीले मूख्य निशाना बनाएको र छेउमा बसेको  इनिष्ट्रपेटर राजकुमार सापकोटाले अवस्थामा तानेर लगेका थियो । थापा एक जनालाई मात्र प्रहरीले लगेर टाउकोमा प्रहार गरेको छ । 

थापाको टाउको सात टाँचा लागेको छ ।अहिले थापाको अवस्थामा केहि सुधार भइरहेको छ ।उनि अहिले हस्पिटलमा उपचारत रहेका छन् ।।

कस्तो थियो घटना 

दुर्घटना सडकमा भएता पनि मृतक फुयाँल सडक भन्दा निकै पर रहेको बालुकाको थुप्रोमा छट्पटाइरहेको अवस्थामा स्थानियबसीले फेला पारेका थिए । उनको घाँटीका धारिलो हतियार प्रहार गरिएको भन्दै स्थानियबासीले यो दुर्घटना मात्र नरहेको बताएका छन् । त्यस्तै स्व्यम प्रहरीले घटनास्थलमा रगतको टाटो भएको एउटा सावेल फेला पारेको थियो ।  

हत्याको खवर पाएको केही मिनेटमा नै प्रहरी घटनास्थल पुगेको थियो । फुयाँलको शव डिएसपीकै गाडीमा हालेर अस्पताल लगिएको थियो ।घटनाको थप रहस्यमय सडकामा दुर्घटना भएको ट्रिपर र मोटरसाइकल घटना स्थल भन्दा ठिक पारिपट्टि डिपोभित्र भेटिएको स्थानियबासीले जनाएका छन् ।टिपरको स्टेरिङ, अगाडिको हृयाण्डल र चक्कामा रगतका टाटा देखिएको भन्दै दुर्घटनापछि कर्तव्य गरी हत्या गरेको भन्दै आइरहेका छन्।

अहिले के भइरहेको छ ?

घटनापछि टिपर व्यवसायीले सिन्धुलीका शिव विकलाई नक्कली चालक खडा गरी बालाजु प्रहरीमा पठाएको र प्रहरीले केरकार गर्दा ऊ नक्कली चालक प्रमाणित भएका छन् ।यसले घटनामा थप रहस्य थपिदिएको छ । नक्कली चालक विकले आफुलाई पैसा दिएर पठाइएको बताएको भनेको स्थानियले बताएका छन् ।

  प्रहरीले महालक्ष्मी एण्ड बलामी सप्लायर्सका सन्चालक र उनका भाइलाई नियन्त्रणमा लिएको थियो ।

अहिले प्रहरीले ट्रिपर चालकलाई प्रकाउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मुख्य अभियुक्त भनिएका विमल बलामीसहित तीन जना रहेका छन् । अन्यको नाम खुलाइएको छैन । २ जना फरार रहेका छन् ।

पक्राउ परेका बलामी गत स्थानीय निर्वाचनमा ककनी गाउँपालिका १ मा अध्यक्षमा निर्वाचन लडेका थिए । तर उनी पराजित भए ।

तारकेश्वर घटना : प्रहरीले दुर्घटनाको अनुसन्धानमा लापरवाहि गरेको भन्दै मृतकका परिवार आन्दोलनमा

Share:
Reaction :
ताजा समाचार
खेलकुद