Media Network

तस्करीको सुन गाल्ने नयाँ कारखाना न्यूरोडमा, छापा मार्दा झण्डै ८ किलो सुन बरामद


खबरस्टोरी संवाददाता

२० मंसिर २०८०,बुधबार

काठमाडौं । तस्करी गरी ल्याइएको सुन पगाल्ने कारखाना न्यूरोडमा भेटिएको छ। सुन तस्करीबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीले यसअघि पनि विभिन्न स्थानमा यस्ता कारखाना रहेको पत्ता लगाईसकेको थियो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार राति सो कारखाना फेला पारेको हो ।  न्यूरोडस्थित एक घरमा सुन कारखाना फेला परेको र त्यसका सञ्चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरी स्रोतले आर्थिकन्यूजलाई जानकारी दिएको छ ।

प्रहरी स्रोतले सो कारखानाबाट ठूलो परिमाणमा सुन पनि बरामद भएको जानकारी दिएको छ । केही गालेर बिस्कुट बनाइएको र केही किलो विदेशबाट गहनाका रूपमा ल्याइएको सुन फेला पारेको भनिएको छ । न्यूरोडमा त्यसरी गालेको सुन तस्कर समूहले भारत पु¥याउने गरेको पाइएको छ ।

सुन गाल्ने कारखानामा छापा हानेसँगै सत्तारुढ माओवादीका नेताहरूले अनुसन्धान प्रकृयामा दख्खल दिन थालेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मंगलबार राति ७ किलो ८ सय ग्राम सुनसहित ‘ओमपाल गोल्ड शप’ का सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

पाण्डेले तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो । त्यसको आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर सुन बरामद गरेको हो । केही सुन ढिक्कामा छन् भने केही गहना समेत प्रहरीले बरामद गरेको बताइएको छ ।

यसअघि प्रहरीले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । त्यसअघि विद्युतीय सिगरेट (भेप) मा लुकाएर समेत ९ किलो सुन तस्करी भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद