Media Network

विमानस्थलबाट ५५ केजी अमेरिकन गाँजा बरामद


खबरस्टोरी संवाददाता

३० मंसिर २०८०,शनिबार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५ केजी गाँजा बरामद गरिएको छ ।बुधबार राति कतार एयरवेजको जहाजबाट आएको सामानमा लुकाएर ल्याएको अवस्थामा विमानस्थलको कार्गोबाट उक्त परिमाणको गाँजा बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।

स्पिकरको भाडोमा लुकाएर ल्याएको उक्त गाँजा कुकुरले सुँघेर पत्ता लागेको हो । बरामद भएको गाँजा अमेरिकन रहेको बताइएको छ ।विमानस्थलका भन्सार प्रमुख डा. टोकराज पाण्डेका अनुसार १०८ कार्टुन गाँजा अमेरिकाबाट आएको हो । उनले भने, ‘दुईदिन अघि आएको हो । फर्मको नाममा आएको छ । अहिले सबै खुलिसकेको छैन ।अनुसन्धानका लागि लागू औषध विभागमा पठाएको छौं ।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद