Media Network

चुरे भावर पार्टी राप्रपामा समाहित


खबरस्टोरी संवाददाता

२५ चैत्र २०७८,शुक्रबार

काठमाडौं । चुरे भावर लोकतान्त्रिक पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै शुक्रबार काठमाडौंंको खुलामञ्चमा आयोजना गरेको जनसभाका अवसरमा चुरे भावर लोकतान्त्रिक पार्टी राप्रपामा समाहित भएको राप्रपा उपाध्यक्ष हेमजंग गुरुङले जानकारी दिए । 

राप्रपाले आसन्न निर्वाचनका लागि जनमत सिर्जना गर्न भन्दै शक्ति प्रदर्शन गर्दै विशाल प्रदर्शनसहित खुलामञ्चमा आमसभा गरेको हो । खुलामञ्चमा आमसभा हुनुअघि काठमाडौंको विभिन्न ठाउँबाट झाँकीसहित प्रदर्शन गरिएको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद