Media Network

डा. शशांक भन्छन्– एउटै निर्वाचनमा ६ करोड खर्च गरें


खबरस्टोरी संवाददाता

२६ चैत्र २०७८,शनिबार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले निर्वाचन खर्च महंगो हुँदै गएको बताएका छन् । खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको उनको भनाइ छ । 

नवलपरासीबाट तीन पटक निर्वाचन लड्दा खर्च अधिक भएको महसुस गरेको उनले बताए । ‘तीन पटक निर्वाचन लडें । पहिलो पटक ८० हजार खर्च भयो । दोस्रो पटक तीन करोड खर्च भयो र तेस्रो पटक ६ करोड खर्च भयो,’ नेपाल विद्यार्थी संघ इलाम काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै कोइरालाले भने । 

निर्वाचन आयोगले भने उम्मेदवारका लागि निर्वाचनमा अधिकतम मापदण्ड तोक्ने गरेको छ । आसन्न स्थानीय तह निर्वाचनमा पनि आयोगले पालिका प्रमुखदेखि सदस्यहरुका लागि निर्वाचनमा कतिपैसा खर्च गर्न पाउने भनी तोकिसकेको छ । आयोगले तोकेको भन्दा बढी खर्च गर्ने उम्मेदवारलाई कारबाही गर्न सकिने निर्वाचन ऐनमा उल्लेख छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद