Media Network

एसपीपीबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ – गगन थापा


खबरस्टोरी संवाददाता

१ असार २०७९,बुधबार

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले एसपीपी सहकार्यबारे सरकारले संसदमा जवाफ दिनुपर्ने माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामरिक रणनीतिको एसपीपी सहकार्य नेपालले गर्न नहुने र गर्न नदिइने बताए । उनले कांग्रेसको पनि यही धारणा भएकाले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा उभिएर जवाफ दिनुपर्ने माग गरे ।

“प्रधानमन्त्री मेरो पार्टीको सभापति पनि हुुनुुहुन्छ । नेपाल एसपीपीजस्तो सामरिक स्वार्थ भएको कार्यक्रममा सहभागी हुनु हुँदैन,” थापाले भने, “आजै अहिले नै यो बैठकमा आएर प्रधानमन्त्रीले आफैँले यस्तो किसिमको सम्झौता उहाँकै भाषामा ‘गर्दैन गर्दैन गर्दैन’ भनेर भन्नुपर्छ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद