Media Network

गठबन्धनको निर्वाचन तयारी समिति बैठक आज बस्दै


खबरस्टोरी संवाददाता

२७ चैत्र २०७८,आईतवार

काठमाडौं । पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने भएको समिति सदस्य तथा नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।

बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने भएको छ । निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने भएको भुसालले बताए । प्रतिवेदन आउन ढिलाइ हुँदा समितिले काम गर्न पाएको छैन । यसअघि समितिको बैठक २३ चैतमा बसेको थियो । जिल्ला र स्थानीय तहमा भएको दलगत स्थितिबारेको प्रतिवेदन समितिले शनिबारसम्म मागेको थियो । 

२२ चैतमा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको समितिमा गठबन्धनका अन्य दलका नेताहरू पनि सम्मिलित छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद