Media Network

ईश्वर पोखरेलको क्षेत्रमा रञ्जु दर्शनाको उम्मेदवारी घोषणा


खबरस्टोरी संवाददाता

१९ असार २०७९,आईतवार

काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रञ्जु (न्यौपाने) दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरापालिकामा मेयरकी उम्मेदवार दिएकी रञ्जुले शुक्रवारी राती आफ्नो सामाजिक सञ्जालबाट काठमाडौं–५ मा संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।

‘तपाईहरूले विभिन्न माध्यम बाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ । आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यहाँहरू समक्ष बाँड्न पाउँदा हर्षित छु ।’– रञ्जुले फेसबुक पेजमा लेखेकी छन् । 

साथै रञ्जुले विभिन्न प्रश्नावलीहरु तयार गरेको फारम समेत तयार गरी उक्त फारम भर्नसमेत मतदातालाई अपिल गर्दै लिङ्क राखेकी छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद