Media Network

कर्णालीमा बजेट संशोधन माग गर्दै एमालेले गर्‍यो प्रदेशसभा अवरुद्ध


खबरस्टोरी संवाददाता

१३ असार २०८०,बुधबार

सुर्खेत । कर्णालीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध गरेको छ । बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद चल्न नदिने चेतावनी दिएको छ ।

बुधबार प्रदेशसभामा मन्त्रालयगत छलफल सुरु गर्ने कार्यसूची थियो । तर बैठक सुरु भएलगत्तै एमाले प्रमुख सचेतक टेकराज पछाईले समय लिएर बोल्दै अर्थमन्त्रीले पैत्रिक सम्पत्ति बाँडे जसरी बजेट बाँडेको आरोप लगाए ।

उनले बजेट संशोधन नभएसम्म संसदको कारबाही अगाडि बढ्न नदिने अडान लिए । ‘५ लाखको योजनाले कस्तो खालको विकास निर्माण हुन्छ ?’ अर्थमन्त्री सिंहलाई  पछाईले सोधे, ‘बजेट निर्माणका क्रममा अर्थमन्त्रीज्यूलाई मुख्यमन्त्री र योजना आयोगबाट कस्तो दबाब आयो संसदमा एमाले जवाफ चाहन्छ । अर्थमन्त्री ज्यूलेनै दबाब आयो भनेर पत्रकार सम्मेलन गर्नुभएको रहेछ ।’

साथै उनले बजेटमा पूर्ण रुपमा बिचौलिया प्रवेश गरेको पनि आरोप लगाए । उनले मुख्यमन्त्री र अर्थमन्त्रीले बजेटलाई जिल्ला केन्द्रित गराएको, मन्त्रालयहरूमा डल्लो बजेट राखेको, नीति तथा कार्यक्रम विपरीत टुक्रे योजना बाँडेको, स्पष्ट हुनेगरी रातो किताब नल्याएको लगायतका आरोप एमालेको छ ।

अर्थमन्त्री स्वयंले बजेट निर्माणमा दबाब आएको कुरा सार्वजनिक गरेपछि एमालेले सोही विषयलाई लिएर सदन अवरोध गरेको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद