Media Network

काठमाडौं–१ बाट चुनाव लड्ने रमेश खरेलको घोषणा


खबरस्टोरी संवाददाता

२९ जेष्ठ २०७९,आईतवार

काठमाडौं। पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

नेपाल सुशासन पार्टीले खरेललाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन्। खरेल सुशासन पार्टीका अध्यक्षसमेत हुन्।

नेपाली काँग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह २०७४ सालको संघीय निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए।


Share:
Reaction :
ताजा समाचार
खेलकुद