आफूसँग कोही प्रतिष्पर्धी नै नभएको अभिब्यक्ति दिँदै आएका एमालेका मेयर उम्मेदवार केशव स्थापित भने सिर्जना भन्दा २ सय २४ मत कम पाएर तेस्रो स्थानमा रहे । स्थापितले ३८ हजार १ सय १७ मत प्राप्त गरे ।
यस्तै, मेयरका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७ सय ७०, राप्रपाका मदनदास श्रेष्ठले ५ हजार ७ सय ७० मत प्राप्त गरे । मेयरका अन्य उम्मेदवारले हजार मत पनि कटाउन सकेनन् ।
विप्लव समूहका स्वतन्त्र उम्मेदवार निमकान्त पाण्डेले २९ मत मात्रै पाए ।
यसैगरी उपमेयरमा नेकपा एमालेबाट सुनिता डंगोल ६८ हजार ६ सय १२ मत प्राप्त गरी निर्वाचित भइन् । डंगोलले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले भन्दा ४४ हजार ८ सय ६ मत बढी ल्याएर निर्वाचित भइन् । गठबन्धनका उम्मेदवार श्रेष्ठले २३ हजार ८ सय ६ मत मात्रै पाए ।
उपमेयरमा स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले १३ हजार ६ सय ९५ मत ल्याइन् भने राप्रपाकी बिनिता मगैयाले १२ हजार १ सय ४१ मत पाइन् ।
काठमाडौंका मेयरका उम्मेदवार कसले कति ल्याए ?