Media Network

लुम्बिनीमा प्रदेश सभा बैठक ५ बजेसम्मका लागि स्थगित


खबरस्टोरी संवाददाता

१९ असार २०८०,मंगलवार

दाङ । लुम्बिनीमा प्रतिपक्षी दल एमालले विरोध कायमै राखेको छ ।प्रदेश सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाउँदै एमाले लगातार प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको छ ।  लुम्बिनीमा एमालेले असार १३ गतेदेखि बसेको सदन अवरुद्ध गरेपछि बैठक चार पटक स्थगित हुन पुगेको छ ।

मगलवार पनि एमालले बजेटमाथि असन्तुष्टि जनाउँदै विरोध कायमै राखेपछि बैठक एक घण्टा स्थगीत गरियो । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकार र विपक्षी दलको बचमा वार्ताको लागि भन्दै एक घण्टा बैठक स्थगित गरे । एमालेले असार १७ गते यता बसेको लगातार बसेको बैठकमा नाराबाजी गर्दै रोष्टम घेराउँ गर्दै आएको छ ।

लुम्बिनीमा एमालेले विगतका क्रमागत योजनाहरु कटौती गरेको र प्रदेशका निर्देशनालयहरु खारेज गर्न खोजेको भन्दै असन्तुष्टी जनाउँदै आएको छ ।

एमालले सरकारले ल्याएको बजेटमा ०७५÷०७६ का यताका क्रमागत योजनाहरु बजेट कतौती गर्ने र प्रदेशका निर्देशनालय खारेज गर्ने कुरा सच्चयाउँनु पर्ने भन्दै अडान राखेका छन् ।

लुम्बिनी प्रदेशसभा दोस्रो अधिवेशनको १५ औँ बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन र्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएको छ ।

प्रतिपक्ष दलको विरोधकाबीच प्रदेशसभाले विधेयक पारित गरेको हो । आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्ताव पेश गर्ने क्रममा रोष्ट्रम घेराउ गरिएको थियो ।

सभामुख तुलाराम घर्तीले विधेकको विपक्षमा हुन्न भन्ने आवाज नसुनिएकाले सर्वसम्मत पारित भएको घोषणा गरेका हुन् ।

बैठक आज बेलुका पाँच बजेसम्मका लागि स्थगित भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद