Media Network

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि अध्यादेश टेबल गर्ने


खबरस्टोरी संवाददाता

१४ असार २०८०,बिहीबार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुअघि सरकारले बजेट अध्यादेश संसदमा टेवल गर्ने भएको छ ।आज बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकको कार्यसूचीमा  प्रदेश प्रमुखबाट प्राप्त पत्र बाचन गरेपछि अध्यादेश टेवल गर्ने  उल्लेख  छ ।

अध्यादेश टेवल भएपछि मात्रै मुख्यमन्त्रीको विश्वासको मत माग्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारको अर्थसम्बन्धि प्रस्तावलाई कार्यन्वयन गर्न बनेको अध्यादेश २०८० र आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०८० पेश हुने कार्यसूची  छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद