Media Network

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै दिन एकै चरणमा


खबरस्टोरी संवाददाता

३० जेष्ठ २०७९,सोमबार

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै दिन एकै चरणमा गर्ने तयारी गरेको छ । 

आयोगले आफ्नो तयारी अनुसार नै निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ । निर्वाचन एकै चरणमा गर्न आयोग तयार गरेको बताएको छ । २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सँगसँगै भए पनि मतदान मंसिर १० र मंसिर २१ गते दुई चरणमा सम्पन्न गरिएको थियो ।  

निर्वाचन आयोगले आन्तरिक रूपमा दुई चरणमा निर्वाचन गर्दा २७ कात्तिक र ३ मंसिरको मिति’ तय गर्नेबारे दलहरुसँग छलफल गरेको थियो । तर कात्तिक २७ मा नै एकै चरणमा सबै निर्वाचन सम्पन्न गर्न सकिने आयोगले स्पष्ट गरेको छ । 

आयोगले विभिन्न राजनीतिक दलहरुसँग प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे अनौपचारिक छलफल गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको छैन । 

प्रधानमन्त्री देउवा तथा गठबन्धन दलहरु पनि एकै चरणमा निर्वाचन गर्ने पक्षमा देखिएका छन् । 

गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले आगामी १० मंसिरभित्रै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक छलफल गरेका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद