Media Network

अन्ततः किसान आन्दोलनका सामू झुके नरेन्द्र मोदी


खबरस्टोरी संवाददाता

४ मंसिर २०७८,शनिबार

नयाँ दिल्ली । किसानमारा कानून ल्याएको भन्दै लामो समय किसानहरुले आन्दोलन चर्काएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित कानून फिर्ता गरेको घोषणा गरेका छन् । 

झन्डै एक वर्ष अगाडि संसदबाट पारित भएका तीन कानुनका विरुद्धमा किसानहरुले आन्दोलन चर्काएको एक वर्षपछि भारत सरकारले कानून फिर्ता लिएको हो । 

किसान आन्दोलनका क्रममा एक सय बढी किसानको मृत्यु भएको थियो भने हजारौं घाइते छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्वोधन गर्दै तीन वटै कानून फिर्ता लिइएको घोषणा गरेका हुन् ।

कृषकहरुको बसोबास धेरै रहेको पञ्जाब र उत्तर प्रदेश राज्यमा हुन लागेको निर्वाचनलाई लक्षित गरेर प्रधानमन्त्री मोदीले विवादास्पद कानुन फिर्ता लिएको घोषणा गरेका छन् ।

हजारौँ किसानहरुले अघिल्लो वर्षको नोभेम्बरदेखि सरकारले ल्याएको कृषि कानूनको विरोधमा राजधानी दिल्लीको सीमाक्षेत्रमा धर्ना दिँदै आएका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद